Thursday May 9, 2024
BS 2081 Baishak 28
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

तीन वर्षमा ३२ लाखले गरे लुम्बिनी भ्रमण

Feb 21, 2017 under Travel 114 , National 834

भैरहवाः à¤ªà¤›à¤¿à¤²à¥à¤²à¥‹ तीन वर्षमा ३२ लाख पर्यटकले गौतम वुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । लुम्बिनी क्षेत्र विकास कोषका अनुसार सन् २०१४ यताको अवधिमा लुम्बिनी भ्रमण गर्ने धार्मिक पर्यटकको संख्या ३२ लाख नाघेको छ ।

कोषका सूचना अधिकृत खगेन्द्र काफ्लेका अनुसार आन्तरिक, भारतीय र राहदानी बाहक (तेस्रो) मुलुकका गरी तीन वर्षमा ३२ लाख २५ हजारले लुम्बिनीको भ्रमण गरेका छन् । कूल पर्यटकमध्ये ७५ प्रतिशतभन्दा बढी आन्तरिक छन् । यो अवधिमा २४ लाख भन्दा बढी नेपाली लुम्बिनीको भ्रमणमा आएको उनले जानकारी दिए ।

लुम्बिनी भ्रमण गर्नेमा भारतीय पर्यटकको संख्या पनि उल्लेख्य देखिएको छ । तीन वर्षमा चार लाखभन्दा बढी पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । कोषका अनुसार तेस्रो मुलुकबाट सन् २०१४ र २०१५ र मा क्रमशः ८३ र ६८ देशका पर्यटक लुम्बिनी भ्रमणमा आएका छन् । सन् २०१६ मा ८१ मुलुकका पर्यटक भ्रमणमा आएको देखिन्छ । भ्रमण गर्नेमा राहदानी बाहक पर्यटकको संख्या ३ लाख ९८ हजार रहेको छ ।

राहदानीबाहकमध्ये सबैभन्दा बढी श्रीलंकाली, चिनियाँ, थाइल्याण्ड, बंगलादेश, भियतनाम, न्युजिल्याण्ड र दक्षिण कोरियाली नागरिक अगाडि छन् । काफ्लेका अनुसार वौद्ध धर्मावलम्बीको बाहुल्यता भएका मुलुकबाट बढी पर्यटक लुम्बिनी भ्रमणमा आउने गरेका छन् ।

वौद्ध दर्शनका अध्येता आङलमी शेर्पा मुलुकमा राजनीतिक स्थायित्व, विकास र अमनचयन भए लुम्बिनी भ्रमणमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने बताउँछिन् । “स्थायी शान्ति र स्थायित्वको पूर्ण प्रत्याभूति दिलाउन सके नेपाल विश्वकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ,” उनी भन्छिन्, “दलीय स्वार्थ, आपसी खिचातानी र हानथापका कारण हामी विश्वमा पर्यटकीय गन्तव्यका रुपमा नमुना मुलुक बन्ने अवसरबाट बञ्चित हुँदै आएका छौं ।”

विश्वका हिन्दू र वौद्धधर्मवलम्कीका लागि नेपाल आस्थाको केन्द्र रहेको भन्दै उनले लुम्बिनी, पशुपतिनाथ लगायत गुम्बा÷विहार तथा मठमन्दीरको संरक्षण र सम्वद्र्धनमा सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाई छ । इस्लामिक र क्रिश्चियन बाहुल्यता भएका मुलुकका नागरिक समेत लुम्बिनी भ्रमणमा आएको स्मरण गर्दै शेर्पाले आफ्नो देशको धर्मसंस्कृतिको जगेर्नामा सरकारले विशेष पहल  à¤—र्नुपर्ने उनले बताइन् ।

द्वन्द्वग्रस्त अफ्रिकी मुलुक सुडानबाट समेत लुम्बिनी दर्शनका लागि पर्यटक आउने गरेको पाइएको छ । १ हजार १ सय ५५ बिघा क्षेत्रफलमा फैलिएको वुद्धको जन्मस्थल लुम्बिनीमा ४२ मुलुक तथा संघसंस्थाले गुम्बा÷विहार निर्माण अनुमति पाएका छन् ।

बर्सेनि २ सय देखी ३ सय अमेरिकी डलर शुल्क लिएर त्यस क्षेत्रभित्र विभिन्न राष्ट्रलाई पूर्वाधार निर्माणको अनुमति दिइएको कोषले जनाएको छ । पछिल्लो पटक कोषको कार्यकारिणी समितिको बैठकले बंगलादेश सरकारलाई लुम्बिनी परिसरमा गुम्बा÷विहार निर्माणको अनुमति दिइएको छ । 

Karobardaily.ccom
No news.
Australian Dollar to Nepalese Rs